• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

स्थानीय निर्वाचनअघि सबै दल महाधिवेशनमा केन्द्रित


आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

Advertisement

सुदिप पौडेल/न्युज कारखाना

काठमाडौं- आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ। यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो। तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ-आफ्नो महाधिवेशनमा केन्द्रित भएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यही १८ भदौबाट वडा अधिवेशन सुरू भइसकेको छ। कांग्रेसको १४औँ महाधिवेशन ९ देखि १३ मंसिरसम्म हुने भएको छ। कांग्रेस महाधिवेशनमा होमिइसक्दा अरु दलहरु पनि तयारी अवस्थामा छ।

एमालेले पनि आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। ‘आउँदा १० देखि १३ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ,’ एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले न्युज कारखानालाई भने। उनकाअनुसार सोही मितिमा महाधिवेशन गर्ने गरी तयारी थालिएको छ।

कांग्रेस र एमालेभन्दा अगाडि कात्तिकमा राप्रपाको महाधिवेशन हुने छ। राप्रपाले २७-३० कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको छ। ‘२७-३० कात्तिकमा पार्टीको महाधिवेशन गर्न पार्टीले निर्णय गरिसकेको छ। यसको तयारी भइरहेको छ,’ राप्रपा नेता मोहन श्रेष्ठले न्युज कारखानालाई भने।

माओवादी केन्द्र राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। महाधिवेशनमा जानुअघि माओवादीले राष्ट्रय भेलाको आयोजना गर्ने भएको हो। उसले पुसमा राष्ट्रिय भेला गर्ने गरी तयारी गरिरहेको छ। ‘१०-१३ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने पार्टीले निर्देशन गरिसकेको छ,’ माओवादी नेतृ पम्फा भुसालले भनिन्, ‘राष्ट्रिय भेला गर्ने गरी अहिले तयारी भइरहेको छ।’

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय भेलाको तयारी गरेको छ। गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको समाजवादीले राष्ट्रिय भेलामार्फत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने भएको छ। तर, भेलाको मिति भने तय भइसकेको छैन।

जनता समाजवादी पार्टी, नेपालले मंसिरमा विधान अधिवेशन गर्ने भएको छ। विधान अधिवेशनपछि महाधिवेशनबारे छलफल हुने जसपा नेता सुरेन्द्रकुमार यादवले जानकारी दिए। ‘आउँदो मंसिरमा विधान अधिवेशन हुँदैछ। त्यसपछि महाधिवेशनको विषयमा कुरा होला,’ उनले भने।

जसपाबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल महाधिवेशनमा नजाने भएको छ। ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको लोसपा तत्काल महाधिवेशनमा नजाने भएको हो। ‘हामी (लोसपा) भर्खरै आयोगमा दर्ता भएका हौँ,’ लोसपा नेता केशव झाले भने, ‘पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने बाध्यकारी छैन। यसबारे पार्टीमा छलफल पनि भएको छैन।’

आउँदो कात्तिकमा राप्रपाको महाधिवेशनबाट सुरू हुने राजनीतिक सरगर्मीले मंसिर निकै तताउने देखिन्छ। चाडपर्व सकिएलगत्तै दलहरु अधिवेशन केन्द्रित देखिने भएका छन्। कांग्रेसको १४औँ महाधिवेशन, एमालेको १०औँ महाधिवेशन र जसपाको विधान अधिवेशनले मंसिर महिना राजनीतिक चापमा पर्ने देखिन्छ।

आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.