• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

एमाले विभाजनमा सरकार र सभामुखले सघाए : ओली


बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित हुनुमा सरकार र सभामुख जिम्मेवार रहेको आरोप लगाएका छन् ।

Advertisement

सरकारले एमाले फुटाउनकै लागि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले गरेको १४ जना सांसदहरुको कारबाहीको सिफारिसलाई सभामुखले कानुन विपरीत रोकिदिएको ओलीको आरोप छ ।

‘कारबाही सदर गरेको भए सङ्ख्या पुग्दैन थियो र हाम्रो दल पनि फुट्दैन थियो,’ बुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘सभामुखले निष्पक्षता कायम राख्न सक्नुभएन। उहाँ एमाले फुटाउन सक्रिय हुनुभयो। उहाँले स्थापित मर्यादा र कानुन विपरीत कदम चाल्नु भयो। यो दुखद कुरा हो म त्यसमा खेद व्यक्त गर्न चाहन्छु।’

पार्टी विभाजन हुँदा आफू दुःखी भएपनि दलको एकता जोगाउन र सबै पक्षलाई समेट्न अथक पहल गरेको दाबी ओलीले गरे । देउवा नेतृत्वको वर्तमान सरकारले एमाले फुटाउनकै लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै ओलीले भने, ‘प्रतिपक्षी पार्टी फुटाउने कार्य अनैतिक र अनुचित हो। यो लोकतन्त्रको हुर्मत लिने प्रतिगामी काम हो ।’ लामो लोकतान्त्रिक इतिहास भएको नेपाली काँग्रेस पार्टी र उसका नेता शेरबहादुर देउवाको पछिल्लो कदमले आफू आश्चर्यचकित भएको र एमाले फुट्दा आफू दुःखी भएको उनले बताए ।

ओलीले आफ्नो पालामा ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेशको भने बचाउ गरे । तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशतको प्रावधान थियो । हाल देउवा सरकारको पालामा जारी भएको अध्यादेशमा भने केन्द्रीय समिति वा संघीय संसदमा २० प्रतिशत भए नयाँ दल दर्ताको व्यवस्था छ ।

प्रचण्ड र माधव नेपाल समूह मिल्दा नेकपामा अल्पमतमा परेपछि ओलीले नयाँ पार्टी दर्ताका लागि आफूलाई अनुकूल हुने गरी ४० प्रतिशतको प्रावधानसहित अध्यादेश जारी गरेका थिए । तर आफ्नै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि ओली अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए ।
उनले आफू सत्तामा रहँदा ल्याइएको अध्यादेशको चर्चा गर्दै आफ्नो सरकारले संविधानले सांसदलाई दिएको अधिकार व्यवहारिक ढङ्गले कार्यान्वयन गर्ने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र त्यो दल विभाजनका लागि नगरिएको जिकीर गरे ।

पत्रकार सम्मेलनमा विगतमा नेपाल पक्षलाई साथ दिएका उपाध्यक्षद्वय भीम रावल र युवराज ज्ञवालीलाई दायाँ–बायाँ राखेर अन्य नेताहरू सहित ओली उपस्थित भएका थिए ।

निर्वाचन आयोगले एमालेबाट अलग भएका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई आज दल दर्ताको प्रमाणपत्र दिएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि आजै दल दर्ताको मान्यता पाएको छ ।

बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.