• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

ओझेलमा सिस्नेका गुप्ता दह


    Avatar photo
बिहिबार, चैत २३, २०७९ मा प्रकाशित

रुकुमपूर्व, २३ चैत (रासस) ः वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य ।

Advertisement

यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । यहाँ पुग्ने बाटो सहज छैन । गए पनि बसाइ व्यवस्थापन असहज छ । प्रचार–प्रसारको पनि अभाव छ । सिस्ने हिमालको दृश्य टाढैबाट रुकुमपूर्व र पश्चिमका विभिन्न ठाउँसँगै रोल्पा, सल्यान, दाङका केही ठाउँबाट पनि अवलोकन गर्न सकिन्छ । गुप्ता दह केही समय अघिसम्म गुमनाम अवस्थामा थिए । पछिल्लो समय सिस्ने हिमालसँगसँगै गुप्ता दहको नाम पनि जोडिएर आउन थालेको छ । आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा समेत यो क्षेत्र पर्दै गएको छ ।

जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटबाट दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ । अहिले सामान्यतया मानिसले बढी प्रयोग गर्ने मार्ग रुकुमकोट–नायगाड–भट्टेचौर–ओख्रेना–दमार–गुप्ताको मार्गबाट निरन्तर दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुगिन्छ । डाँडाकाँडा घुम्दै र रमाउँदै हिँड्ने हो भने बाटोमा मात्रै तीन दिन पनि छुट्याउनुपर्ने हुन्छ ।

वारिपट्टि हावाको बेगसँगै गुप्ताको पानी वारिबाट पारि पल्टिँदा उत्तरतर्फ लहरै लाइन लागेका सिस्ने हिमाल, द्धवारी हिमाल (द्धवारी भन्ज्याङ)सँगै अन्य हिमाल टलक्क टल्किँएको दृश्यले लोभ्याउँछ । सिस्ने हिमालको उचाइ पाँच हजार नौ सय ११ मिटर छ । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण गरिएको छ ।

किन भनियो गुप्ता ?

गुप्ता दह पनि एउटामा सीमित छैन । सानो र ठूलो गरी दुई छन् । दर्जन बढी ताल रहेको यस ठाउँमा यी दुई दह गुमनाम अर्थात् गुप्त अवस्थामा रहेका कारण यी दहको नाम गुप्त रहेको वडा नं १ का वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो । पछि सबै मानिसले गुप्त छाडेर गुप्ता भन्दा अहिले गुप्ता दहको नामले यो ठाउँ परिचित भएको उहाँको भनाइ छ । उहाँका अनुसार गुप्ता दह अवस्थित ठाउँलाई लिरुमारे पनि भनिने गरेको छ । परापूर्वकालमा शिकारीले लिरु भन्ने जनावर मारेकाले ‘लिरु मारे’ नाम रहन गएको किंवदन्ती छ ।

यो वडामा नौ ताल मिलेको नौ दह ताल, दोसान्त ताल, रक्त ताललगायतका अन्य हिमताल पनि छन् । केही सीमिति व्यक्ति यी ठाउँमा पुगे पनि नौ दह ताल, दोसान्त ताल, रक्त ताल कस्ता छन् भन्ने कुरा धेरैलाई थाहा छैन ।

गुप्ता पुग्न र बस्न समस्या 

गुप्ता पुग्न र त्यहाँ पुगिसकेपछि बस्नलाई भने समस्या छ । गुप्तासम्म पुग्न सहज बाटोको व्यवस्था नहुँदा त्यहाँ जान खोज्ने मानिस पनि बाटोमै अलमलिने अवस्था छ । अहिलेसम्म गुप्ताको गन्तव्य तय गरेकाहरू स्थानीयलाई साथमा लिएर जाने गरेका छन् । स्थानीयलाई साथमा नलिएकाहरु बाटो हराउँदै जङ्गलमा भौतारिएर त्यहाँसम्म पुग्ने गरेको सिस्ने–१ का बासिन्दा परिमल बुढाले बताउनुभयो । पर्यटकीय हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भए पनि आवश्यक विकास र प्रचार–प्रसारको अभावले यो क्षेत्र पछि परेको उहाँको बुझाइ छ ।

अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको यस वडामा पर्यटकीय गन्तव्य अथाह भए पनि तिनीहरूको खोज, अध्ययन, विकास, व्यवस्थापन र प्रचार–प्रसार हुन नसक्दा महत्व बोकेका ठाउँ बाहिर आउन नसकेको सिस्ने–१ स्थित हिमालय मावि पाखापानीका प्रधानाध्यापकसमेत रहनुभएका उमेश खड्काले बताउनुभयो ।

पर्यटन क्षेत्रको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके त्यसैबाट यहाँका नागरिकको जीवनस्तर माथि उठ्ने र पालिकासँगै जिल्लाको आर्थिक अवस्था बलियो हुनसक्ने उहाँको भनाइ छ । अहिले गुप्तासम्म पुग्न कठिन बाटो, पुगिसकेपछि पनि खान र बस्नको उचित व्यवस्था नहुँदा यहाँसम्म पुग्ने मानिसले समस्या खेप्नुपरेको खड्काले बताउनुभयो । अहिले गुप्तामा पाहुनाघर भनेर भवन निर्माण गरे पनि व्यवस्थित नभएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “खानेपानीको पनि समस्या छ, दहबाट अलि टाढा एउटा मुहान भए पनि त्यसमा बर्खामा मूल फुट्ने र हिउँदमा सुक्ने हुँदा गुप्ता पुग्नेले दहको पानी पिउनुपर्ने अवस्था छ ।”

तीन दिनको पैदलयात्रापछि गुप्ता पुग्नुभएका सिस्ने गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत अच्युत पन्थीले पैदलमार्गलाई व्यवस्थित गरिदिए मात्र पनि यहाँसम्म पुग्ने पर्यटकलाई सहज हुने बताउनुभयो । यसका साथै गुप्तामा पुगिसकेपछि बसाइ व्यवस्थापनका लागि केही लगानी गरिए मात्रै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न सक्ने उहाँको बुझाइ छ । यहाँका स्थानीयले पनि गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर काम गर्न आग्रह गरेका छन् । स्थानीयले तत्काललाई पाहुनाघरमा गएका मानिसलाई बस्न लत्ताकपडाको व्यवस्थापन गरिदिन माग गरेका छन् । यहाँ भएको एउटा मूल संरक्षण गरी पिउनेपानी व्यवस्था गरिदिन अनुरोधसमेत स्थानीयको माग छ ।

सिस्ने–१ मा अन्य थुप्रै पर्यटकीय गन्तव्य रहेको तर तिनीहरूको पहिचान हुन बाँकी रहेको वडाध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार नौ ताल मिलेर बनेको नौ दह ताल, दोसान्त ताल, रक्त तालका बारेमा अझै पनि आम मानिस जानकार नै छैनन् । टाढा पर्ने, पैदल हिँड्नुपर्ने, बसाइ व्यवस्थापन सहज नहुनु, सुरक्षा चुनौतीलगायत कारण यी ठाउँ अझै पनि गुप्त अवस्थामा रहेका उहाँ बताउनुहुन्छ । यी र यस्तै क्षेत्रको पहिचान तथा विकास गर्न वडा सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै पालिका, प्रदेश र सङ्घ सरकारसँग पनि सहकार्य गरेर काम गर्ने उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले गुप्ता र सिस्ने वरपरको दृश्यलाई बाहिर ल्याउन अति नै आवश्यक रहेको बताउनुभयो । यी पर्यटकीय गन्तव्य कुनै एउटा वडा, पालिकाको मात्र नभएर देशकै सम्पत्ति भएकाले यस्ता क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने उहाँको भनाइ छ । गुप्तामा गाउँपालिकाले निर्माण गरेको तीनकोठे पाहुनाघरलाई पनि व्यवस्थित गरिने उहाँले बताउनुभयो ।

कसरी पुग्ने गुप्ता ? 

गुप्ता पुग्न तीन मार्ग छन् । यीमध्ये सबैभन्दा सजिलो रुकुमकोटबाट सुरु भएको मार्ग हो । रुकुमकोटबाट ३०–४५ मिनेट गाडीमा यात्रा गरी देउखोलासम्म पुग्न सकिन्छ । त्यहाँबाट पदैलयात्रा सुरु गरेकाहरू तिप्तारा–नायगाड–सुद्री–भङ हुँदै भट्टेचौर गएर बास बस्छन् । त्यहाँबाट अर्को दिन पाखापानी–ओख्रना–दमार गाउँ हँुदै त्यसभन्दा माथि जङ्गलको बाटो भएर गुप्ता पुगिन्छ ।

यो ठाउँमा मध्यपहाडी लोकमार्ग हुँदै पोखरा काठमाडौँबाट समेत रुकुमकोट आएर गुप्ता जान सकिन्छ । पोखराबाट रुकुमकोटसम्म दुई सय ४३ किलोमिटरको दूरी १२ घण्टामा पूरा हुन्छ । गुप्ता घुम्ने उपयुक्त समय चैत, वैशाख, जेठ, असोज, कात्तिक र मङ्सिर हो ।

रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा रहेको रुकुमपश्चिमको प्रसिद्ध ताल स्यार्पुबाट खालटी हुँदै दुई दिनमा यहाँ पुग्न सकिन्छ । त्यस्तै बाफिकोटबाटै आठबीसकोट नगरपालिका–१ को थुम, रोकाजा, ओख्ले हुँदै तीन दिनको पैदलयात्राबाट पनि यहाँ पुग्न सकिन्छ । जेठदेखि भदौ, असोजसम्म भेँडा लिएर गोठाला यो ठाउँमा जाने गर्छन् ।

लुम्बिनी प्रदेशको रुकुमपूर्व तथा कर्णाली प्रदेशमा पर्ने रुकुमपश्चिमको तीन स्थानीय तहको भू–भाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ पदयात्रा ‘सिस्ने राउन्ड’को अन्वेषण पनि पूरा भएको छ । यही राउन्डले गुप्तालाई छोएको सिस्ने राउन्डको नेतृत्व गर्नुभएका हिमाल आरोही मनबहादुर खत्रीले बताउनुभयो । अहिले अन्वेषणको काम मात्र पूरा भएको र राउन्डमा काम गर्न भने पूरै बाँकी रहेको उहाँको भनाइ छ । सिस्ने राउन्डको कामलाई पूर्णता दिन स्थानीय सरकारको सहयोगसँगै पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्ने विभिन्न निकायसँग पलह भइरहेको खत्रीले बताउनुभयो ।

बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.