काठमाडौं- आज पनि सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा दुई हजार र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement
अघिल्लो दिन मंगलवार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै सर्वाधिक हो ।
यस्तै, आज चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ । मंगलवार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।