काठमाडौं– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट संवैधानिक इजलासमा लगिएको छ ।
Advertisement
डा. आनन्दमोहन भट्टराईको इजलासले बुधबार यो रिटलाई ‘गम्भीर संवैधानिक विषय’ भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
मुद्दा अदालतमा सुनुवाइको क्रममा रहेकाबेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिइसकेका छन् ।
बुधबार नै बसेको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा छलफल भए पनि निर्णयार्थ प्रस्तुत नभई रोकिएको छ ।