जनकपुरधाम- नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको हो।
Advertisement
एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आजै राजीनामा दिन लागेको जनाइएको छ।
पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।