• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बाढी पहिरोमा परी हालसम्म ४४ को मृत्यु, ६० घाइते, २७ बेपत्ता


बुधबार, असार २३, २०७८ मा प्रकाशित

काठमाडौं- अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानमा परी २० जेठदेखि २२ असारसम्ममा ४४ जनाको मृत्यु भएको छ।

Advertisement

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा २४ पुरुष, १३ जना महिला, सात बालबालिका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा र गोरखामा ३-३ जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २-२, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १-१ जना छन्।

पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका-५ छिस्बाङस्थित थमबहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका-६ दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकी श्रीमती १९ वर्षीया विना रोकाको मृत्यु भएको छ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ६० जना घाइते भएका छन्। तीमध्ये ३२ पुरुष, १४ महिला, १४ बालबालिका छन्। उनीहरूमध्ये तनहुँमा १०, धादिङमा ६, सिन्धुपाल्चोक र रोल्पामा ५-५, धनुषा र सर्लाहीमा ४-४, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३-३, जुम्ला, चितवन र गोरखामा २-२, पाँचथर, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा १-१ जना छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भएको छ।

बाढी पहिरोमा परी २७ जना बेपत्ता भएका छन्। तीमध्ये १७ पुरुष, ६ महिला र चार बालबालिका छन्। उनीहरूमध्ये सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, पर्वतमा दुई तथा बाजुरा र बाग्लुङमा १-१ जना छन्। बेपत्ताको खोजी जारी छ।

यसैगरी, बाढी पहिरोमा परेका एक हजार दुई सय ५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६, चितवनमा चार सय दुई, सिन्धुपाल्चोकमा एक सय २३, दोलखामा ३५, लमजुङ र सल्यानबाट ८-८, जाजरकोटमा सात, गोरखा र दाङमा ४-४ र कञ्चनपुरमा तीनजना छन्। उद्धारपछि उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।

प्रहरीका अनुसार बाढी पहिरोका कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरीसमेतको पहलमा सञ्चालनमा ल्याइएको छ। साथै, वर्षाका कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्कीलगायत जिल्लामा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाई सञ्चालन प्रयास जारी छ।

बाढीका कारण एक हजार चार सय २८ वटा घर डुबानमा परेका छन्। पाँच सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, तीनवटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। बाढीमा परी आठ सय ३६ वटा घरपालुवा चौपाया मरेका छन्।

उक्त अवधिमा भएका चार सय ९६ वटा विपद्का घटनाबाट एक हजार एक सय ५४ परिवारका पाँच हजार तीन सय ८५ जना विस्थापित भएका छन्।

बुधबार, असार २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.