थाहा छैन ? क्रान्तिले बनेको सरकार हो
बोल्न पाइँदैन
Advertisement
कहिले बालकोट
कहिले बूढानीलकण्ठ विचरण गरी
बनाइएको सरकार हो
बोल्न पाइँदैन
मनलाग्दी सरकारी ढुकुटी बाँड्छु
बोल्न पाइँदैन
ऐन कानून बर्खिलाफ जान्छु
बोल्न पाइँदैन
राजनीतिको सिन्डिकेट खडा गर्छु
बोल्न पाइँदैन
मेरा कारिन्दाले धम्क्याउने छन्
बोल्न पाइँदैन
म राजसी शैली झल्काउँछु
बोल्न पाइँदैन
परिवारलाई सत्ताको मह चटाउँछु
बोल्न पाइँदैन
कर्तव्य बोध होइन
अधिकार खोस्न सिकाउँछु
बोल्न पाइँदैन
अध्यादेश, ऐन मेरा स्वार्थमा
खडा गर्नेछु
बोल्न पाइँदैन
मेरो विरोध गरेको मन पर्दैन
विरोध गरे
मुख थुन्ने छु
मुखमा आगो झोस्नेछु
च्याप्प समाती गाडीमा फाल्ने छु
मुख नथुन्नेको जागिर सलामत
नरहने उर्दी जारी गरेको छु
बोल्न पाइँदैन
यो हामीले ल्याएको
गणतान्त्रिक सरकार हो
केही गरे पनि बोल्न पाइँदैन