काठमाडौं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा झापा, इलाम, पाँचथर र ताप्लेजुङमा २५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।
सम्बन्धित जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई ती सामग्री हस्तान्तरण गरिएको हो । ती अक्सिजन कन्सन्ट्रेटर गैरआवासीय नेपाल संघ (एनआरएनए) ग्लोबलले उपलब्ध गराएको हो ।
इलाम, पाँचथर र ताप्लेजुङमा मेची अभियानका संयोजक विजय डाल्मिया नेतृत्वको टोलीले डीसीसीएमसीलाई हस्तान्तरण गरेको हो । तीनवटै जिल्लामा दुई–दुईवटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।
पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो। कार्यक्रममा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाललगायतको उपस्थिति थियो।
प्रवक्ता शर्माका अनुसार एनआरएनले ग्लोबलले २० र करुणा फाउन्डेसनले पाँचवटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका थिए । तीमध्ये इलाम, पाँचथर र ताप्लेजुङमा ६ वटा हस्तान्तरण गरिएको छ ।
यस्तै, झापाको बुद्धशान्ति गाउँपालिकाको आइसोलेसनलाई दुई, मेचीनगरको आम्दा अस्पताल, धुलाबारीलाई दुई, धाइजनको आइसोलेसन एक, काँकडभिट्टा स्वास्थ्यकेन्द्रलाई एक, धुलाबारी प्राथमिक स्वास्थ्यकेन्द्रालाई एक तथा झापाका चारवटा निर्वाचन क्षेत्रलाई तीन–तीनवटाका दरले वितरण गर्नेगरी १२ वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।