• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आज देशमा रमिता छ


आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

अस्मिता भण्डारी

Advertisement

आँधी आउने निश्चित छ
त्यसैले, आकाश कालो मैलो भएर
बादल मडारिरहेको छ..
कच्ची घरका झ्याल ढोकाहरू बलिया छैनन्
चट्याङ पर्लाझैं गरी बिजुली चम्कँदैछ !

वुहानबाट सुरु भएको कोभिडले
पूरै संसार नै तहसनहस पारिसक्यो
फेरि अर्को भेरियन्ट पनि आउँदै छ रे …. यसपालि चलेको कोभिडको तुफानले
धेरैको सपना खोसेर लग्यो
कति आशाहरू नष्ट भए
बंगालको आँधी पनि त्यस्तै आयो
धेरैको जीवनमा लागेको हुरी, बतास र तूफानको कुरा गर्नै डर लाग्छ ….

अब चट्याङ पर्नै लाग्यो घरको छानो उडाउनै लाग्यो
कोरोनाको भन्दा ठूलो पिर त,
चौतर्फी, आँधी, हुरी, बतास र भोकमरीको हुने भो !!

अहिले लकडाउनको बेला छ ..
‘अमेरिकी फौजी किरा’ले
सबै बालीनाली नष्ट गरिसक्यो…
दक्षिणतिरबाट फेरि ’सलह’ भित्रिसक्यो भन्छन्
खै ? कस्तो महामारी आयो-आयो.. ??
सबै तैनाथ हुनुपर्ने
सडकदेखि सदनसम्म…
चुरेदेखि न्यायालयसम्म ..
गाउँदेखि शहरसम्म …
हिमाल, पहाड, तराईसम्म
सडक अहिले ठप्प छ …. कोभिडसँगै ‘फौजी किरा’ र ’सलह’का विरुद्धमा !

मुलुकका नाकाहरूमा गस्ती बढेको छ …!!

तर पनि, सुख छैन आपसमा मन जलेको छ
विचार गलेको छ…..
पशुपतिदेखि लुम्बिनीसम्म
जनकपुरदेखि टनकपुरसम्म रोदन बढेको छ…
संसदमा दोषारोपण चल्ने गर्थ्यो …
त्यहाँ पनि आज रमिता छ
आज देशमा रमिता छ….
आँधी आउने निश्चित छ त्यसैले
आकाश कालो मैलो भएर बादल मडारिँदै छ !!

कोही रंगका कुरा गर्छन् अनेकता र एकताको द्वन्द्वमा कुन्ठा बोक्नेहरू
शक्ति, भक्ती र आराधनामा लिन भएका छन्, खै के कुरा गर्नु सिटामोल र सिरिन्ज नपाउनेहरू अकालमा बिदा भए
तर पनि अन्तरविरोध र अविश्वास घटेको छैन, आफन्तहरूको क्रुर मृत्युमा समेत कसैको नाडी गलेको छैन ..
बरु
आफ्नै घरभित्रको लडाइँमा
को विजयी हुने हो थाहा छैन ….!!

बुझ्ने अरू धेरै कुरा बुझ्छन्, जो बुझ्नै सक्दैनन्
बोल्न र सुन्नै सक्दैनन्, तिनका निम्ति
आँधी, हुरी, चट्याङ उस्तै लाग्छ
कोरोना, ‘फौजीकिरा’ र ‘सलह’ पनि उस्तै लाग्छ, अब आउने डेल्टा र गामा भेरियन्टभन्दा ठूलो गरिबीको आँधी आउने आउनै लाग्यो !! आकाश कालो मैलो भएर बादल मडारिँदै छ
आज देशमा रमिता छ !!

आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.