काठमाडौं- भारतमा केही दिनयता कोरोना संक्रमण बढ्न थालेको उल्लेख गर्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
Advertisement
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार विज्ञप्तिमार्फत यस्तो अनुरोध गरेका हुन्।
सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।
भौतिक दूरी कायम गर्न र अनिवार्य रूपमा मास्क लगाउन विज्ञप्तिमा आग्रह गरिएको छ। ‘कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गरौँ,’ विज्ञप्तिमा भनिएको छ।