• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

समाचार प्रभाव : उपचार नपाएका मगरलाई वन समूहलगायत दाताको आर्थिक सहयोग


बुधबार, माघ ११, २०७९ मा प्रकाशित

सुनसरी- ‘दुर्घटनामा परेर थला परेपछि आर्थिक सहयोगका लागि याचना’ शीर्षकको समाचार ८ माघमा नेपाली हेडलाइनमा प्रकाशित भएपछि बिरामीलाई धमाधम सहयोग जुटिरहेको छ।

Advertisement

प्रदेश-१ सांसद ममता तामाङ तथा बराहक्षेत्रका चर्चित युवा पण्डित योगेश भण्डारीलगायत देश–विदेशमा रहेका बराहक्षेत्रवासीको उक्त समाचारले ध्यानाकर्षण भएको थियो।

समाचार पढेपछि बयरवन सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू बिरामी पदम मगरको घरमा पुगी स्वास्थ्य अवस्था बुझ्दै ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

सफारी दुर्घटनामा परी ओछ्यान थला परेपछि बराहक्षेत्र नगरपालिका–२ बयरवन बजारका पदमले उपचार गर्न आर्थिक सहयोगको लागि याचना गरेका थिए।

समाचार पढेपछि बराहक्षेत्र–१ चतरा निवासी हाल यूएईको अबुधावी बस्ने सामाजिक अभियन्ता दिलिपकुमार रायले ५ हजार रुपैयाँ सहयोग गरेका छन्।

यी हुन् मनकारी दाताहरू

बराहक्षेत्र-२ घर भई हाल हङकङ बस्ने मज्जाको राई रु. ५०००
बयरवन सामुदायिक वन उपभोक्ता समिति रु. ५०००
बराहक्षेत्रका चर्चित युवा पण्डित योगेश भण्डारी रु. १०००
वडा १ लालबस्तीका समाजसेवी रञ्जित लोहनी रू १०००
ईश्वर खड्का रु. १०००
भजन गायक तथा धार्मिक कलाकार बद्री दाहाल रु. १०००
देवी श्रेष्ठ रु. ६००, जागृति चोक
आकाश राई रु. ५०५, हाटखोला
प्रेम खड्का रु. ५००, सूर्य चोक

उनीहरूले पत्रकार हिमाल राईले समाचार प्रकाशित गरेपछि उनीमार्फत सहयोग उपलब्ध गराएका हुन्। पत्रकार राईले बिमारी पदमको घरमा पुगी सो रकम उपलब्ध गराएका छन्।

बयरवन सामुदायिक वन उपभोक्ता समिति सदस्य पुष्प पौडेलले समूहका साधारण सदस्य पदम सफारी दुर्घटनामा परी घाइते भएको र घरको आर्थिक अवस्था दयनीय भएको समाचार पढेपछि पत्रकार राईको रोहवरमा रकम उपलब्ध गराएका थिए।

आर्थिक सहयोग पाएसँगै उनको उपचार गर्न राहात मिलेको पदमकी श्रीमती देवकुमारी मगरले बताइन्।

गत १ माघमा सप्तकोशी नदी किनारमा मलामी जाने क्रममा सफारी दुर्घटना भई उनी घाइते भएका थिए। उनको कम्मरमुनिको देब्रेपट्टीको हड्डी चर्किएको छ।

घरको आर्थिक अवस्था कमजोर र दयनीय भएका कारण उनले उपचार र पौष्टिक खानेकुरा किनेर खान सकिरहेका थिएनन्।

बिरामी पदमको १०० वर्षीया वृद्धा आमा पनि ओछ्यान परेकी छन्।

बुधबार, माघ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.