काठमाडौं- प्रदेश–१ का प्रदेशसभा सदस्यहरूको सपथ ग्रहण सम्पन्न भएको छ ।
Advertisement
ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सचिवालयमा आज सपथग्रहण गराएका हुन् ।
ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरुलाई सपथग्रहण गराउनुअघि मण्डललाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ९३ सदस्य रहेका छन् । प्रदेश एकका ६ जना सांसदले आफ्नै मातृभाषमा शपथ लिएका छन् । पाँचजनाले लिम्बू भाषा र एकजनाले थारु भाषामा शपथ लिएका हुन् ।