काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।
Advertisement
सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार उनले प्रचण्डलाई बधाई दिएका हुन्।
उनले नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर रहेको उल्लेख गरेका छ्न्।