काठमाडाैं : नयाँ सरकार गठनकाे लागि दलहरूलाई आह्वान गर्ने तयारीमा शीतलनिवास जुटेकाे छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनकाे अन्तिम मत परिणाम सार्वजनिक गरेसँगै राष्ट्रपति कार्यालय नयाँ सरकार गठनको तयारीमा लागेकाे हाे।
संविधानको धारा ७६ (३) मा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार बन्नुपर्ने व्यवस्था छ ।
आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रपति विध्दादेवि भण्डारी ले सरकार गठनको आह्वान गर्नेछिन्। शीतलनिवास स्रोतका अनुसार शुक्रबार र शनिबार प्रतिवेदन अध्ययन गरेर आइतबार वा सोमबारसम्ममा राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी छ ।
मतफ परिणाम अनुसार बहुमत प्राप्त पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ। राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ ।