काठमाडौं- कास्की पोखरा महानगरपालिका-१३ स्थित विजयपुर खोलाको बगरमा सोही महानगरपालिका कञ्चनटोल बस्ने ४५ वर्षीया मन कुमारी केसी आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
पर्वत जलजला गाउँपालिका-२ आरू बोटस्थित बारीमा सोही गाउँपालिका-५ लेखफाँट बस्ने ६४ वर्षीय दल बहादुर जिसी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर भक्तपुर नगरपालिका-६ स्थित ढुंगेधारामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ आलेगाँउ बस्ने ६४ वर्षीय बिष्णु आले र उनकी श्रीमती ६० वर्षीया निरमाया आले आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे भुम्लु गाउँपालिका-७ उग्रेनीघाटस्थित सुनकोशी नदीको किनारमा पाचँखाल नगरपालिका-१० रानिपानी बस्ने ७९ वर्षीय खडा नन्द पराजुली सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो काठमाडौं जडिबुटीबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फलाटेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
झापा मेचीनगर नगरपालिका-६ बस्ने ३५ वर्षीया सानु कार्कीको २ महिनाको छोरी रोशनी कार्की सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।