काठमाडौँ । सुनसरी ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार कमजोर बन्दै गएका छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार उनी चार हजारभन्दा बढी मतान्तरले पछाडि हुँदै गएका छन् ।
Advertisement
उक्त क्षेत्रमा नेकपा एमालेकी भगवती चौधरीले ११ हजार ७१६ मत ल्याउँदै अग्रता बनाएकी छन् । गच्छदारले सात हजार ३२३ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली चार हजार ८५५ मत पाएका छन् ।
०७४ को निर्वाचनमा गच्छेदार विजयी भएका थिए । उनले एमालेकै भगवतीलाई हराएका थिए ।