काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जनाएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो ।
Advertisement
आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ कारोबार भएको छ ।