काठमाडौँ । आज नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।
Advertisement
महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलमा ९८ हजार २ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।