• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

दुबइमा नेपथ्यको कार्यक्रम सम्पन्न


    Avatar photo
मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

दुबइ : अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबइ कन्सर्ट सम्पन्न भएको छ ।

Advertisement

युनाइटेड अरब इमिरेट्स अन्तर्गत विश्वकै एक प्रमुख ब्यापारिक केन्द्र हो दुबइ। यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो।
अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्नेगरि ‘हो रामा रामा’ बाट सुरुगरेको थियो । यसरी प्रारम्भबाटै तीब्रता बोकेको सांगीतिक माहोलले गर्दा अरुबेला ‘आइस हकी’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सुरुदेखि तातिनपुग्यो ।

खाडी राष्ट्रहरु नेपाली कामदारका निम्ति प्रमुख गन्तब्य बन्दैआएका हुन् । युएइले भने पछिल्लो समय नेपाली विद्यार्थीहरुलाई पनि आकर्षित गर्दैआएको छ । अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दसकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दैआएका एक हुल विद्यार्थीहरु दुइ घन्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबइ आइपुगेका पनि भेटिए ।

‘हामी १७ जना साथीहरु समूह बनाएरै आएका छौं,’ अल नासेरको परिसर भित्र भेटिएका संयम लामिछाने भनिरहेका थिए, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ संगीतमा रुची राख्ने साथीहरु यो यात्राको तयारीमा जुट्न सुरुगरेका थियौं ।’

संयम एक वर्षदेखि उक्त विश्वविद्यालयमा कम्प्युटर र गणितका विद्यार्थी हुन् । ‘सानैदेखि नेपथ्यको गीत सुनेर हुर्किएको भएता पनि बुढानिलकण्ठ स्कुलको होस्टल जीवनले गर्दा कन्सर्ट हेर्ने मौका पाएको थिइनँ,’ संयम भनिरहेका थिए, ‘उच्च शिक्षाका लागि विदेश आएपछि भने बल्ल यो मौका जुरेको छ ।’

संयम र उनीसँगै आएका थुप्रै छात्रछात्राहरुको हुल कन्सर्टभरि नाच्ने मात्र होइन, सकिएपछि ब्याण्डका सदस्यहरुसँग भेट्न पनि निकै आतुर देखिन्थे ।

कात्तिकको तेश्रो साता सकिँदा पनि दुबइ अझै न्यानो छ । यस्तो सहरमा एक त दर्शक श्रोताहरुले टेकेको भुइँ मुनितिर जमेको बरफ तापक्रम र खुट्टाका चापले टुक्रिदै गरिरहेको आभास मिलिरहेको थियो भने यस्तो मैदानमा फेरि माथिबाट हिउँ परेकै भान पार्नेगरि कृत्रिम हिउँको वर्षा हुनथाल्यो । अर्थात्, दोश्रो गीत थियो ‘भेँडाको ऊनजस्तो’।

तेश्रो गीत नेपथ्यको सर्वकालीक लोकप्रिय ‘छेक्यो छेक्यो’ सम्म आइपुग्दा मैदानभरि जताततै नृत्य गर्नेहरु मात्र होइन, साथीहरुबाट बोकिएर नाच्न खोज्नेहरुको दृश्य पनि देखिन सुरुभइसकेको थियो ।

खाडी राष्ट्रका बारेमा ब्याप्त कतिपय धारणाहरुले दुबइ सहर आइपुगेपछि बेग्लै अवतार ग्रहण गर्छ । यहाँ कन्सर्टमा रमाउन आउने युवा युवतीको पहिरन र उन्मुक्तता कतिपय पश्चिमा मुलुकहरुसँग तुलना गर्न मिल्ने स्तरको देखिन्छ ।

यसरी यतैको वातावरणमा ढालिँदै गएका प्रत्येक फरक आकृतिहरुलाई झक्झक्याउने गरि गायक अमृत गुरुङले ‘तपाइहरुलाई तपाइको देशको माया लाग्छ?’ भनेर सोध्दा भएभरका दर्शकहरु एकाकार भएर ‘लाग्छ’ भन्न छुटाउँदैन थिए ।

चौथो गीत अर्थात् ‘लामपाते सुरती’ गाउने बेलासम्म पनि हलमा दर्शकहरु आउने क्रम जारी थियो । यसरी प्रवेश गर्दैगरेका दर्शकहरु गेटैदेखि समुहमा नाच्दै भित्रिएको दृश्य रोचक देखिन्थ्यो ।

‘चरी मर्‍यो’, ‘यो जिन्दगानी’ र भर्खरैको ‘शिरफूल शिरैमा’ जस्ता गीतहरु एकपछि अर्को बढ्दै गए ।
त्यसपछि घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन आएकाहरुको चित्र अंकित भिडियोलाई पृष्ठमा देखाउँदै ब्याण्डले गाउन सुरुगर्‍यो–

‘मै मरि जाउँला, जीवन छोट्टो छ’
यो क्रमलाई निरन्तरता दिँदै फेरि अर्को गीत आयो–
‘आमाको कोखमा बास मात्रै पाएँ नि, कुन देशको मरन हौ हजुर’

घरि मायालु त घरि आमाको सम्झना गराउने आफूहरुको परिस्थितीलाई टपक्क टिपेर तयार पारिएका यस्ता गीत गाइरहँदा अरबको हलमा उपस्थित नेपाली आँखा सलबलाइरहेको देखिन्थ्यो।

‘लाहुर जाने परम्परा उहिलेदेखिको हो,’ दर्शक भावनासँगै एकाकार हुँदै मञ्चबाट गायक अमृत भनिरहेका थिए, ‘संसार फेरियो, तर हाम्रो भाग्य फेरिएन । जेजस्तो भए पनि त्यो नेपाल आमालाई चाहिँ नबिर्सिदिनुस् है ।’

त्यसपछि उही लाहुरे परम्परालाई सम्झाउनेगरि भर्खर सार्वजनिक अर्को मिठ्ठो गीत उनले प्रस्तुत गरे–

‘नैना ताल नैना ताल
घुमि आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैना ताल’

मुलुकको राजनीतिमा धेरै उथलपुथल भएता पनि नेपालीको अवस्थामा कुनै परिवर्तन नआएको उल्लेख गरिरहँदा अमृतले यसरी विदेशमा बसेका नेपालीहरु फर्केपछि सबै मिलेर एकदिन जनस्तरबाटै मुलुकको भाग्यरेखा फेरिने आशा ब्यक्त गरे ।

यसरी गीत सँगसँगै एउटा कथा पनि अघि बढिरहेको भान पार्ने कन्सर्टमा अबको पालो थियो राजनीतिक चेतनासँगै जोडिएको गीत ‘गाउँ गाउँबाट उठ– बस्ती बस्तीबाट उठ’ ।यतिन्जेल मानिसहरु मात्र होइन, सिंगो हल उफ्रिरहेको भान पर्न थालिसकेको थियो।

दर्शकहरुमा जागेको नृत्यको यो तीब्र लयलाई समात्दै ब्याण्डले ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ गाउन्जेल जे जस्ता दृश्य देखिए त्यसले नेपथ्य कन्सर्ट उत्तेजक बनाउनुमा प्रस्तोता मात्रै होइन दर्शकको पनि उत्तिकै भूमिका रहन्छ भन्ने पुष्टि गरिरहेको देखिन्थ्यो।

अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिरहँदा हलभरि जताततै साथीको काँधमाथि चढेर राष्ट्रिय झण्डा हल्लाउनेहरुले चरमोत्कर्षको अनुभूति गराइरहेका थिए।

‘नेपथ्यको उपस्थितीसँगै संगीत र देशप्रतिको माया दुवै जोडिएर आउने गर्छ,’ कन्सर्ट सकिएपछि पत्रकार महासंघ युएइका अध्यक्ष लक्ष्मण खनालको प्रतिक्रिया थियो, ‘प्रस्तुतीको हिसाबले यसपटक नेपथ्य कन्सर्ट अघिल्लो अनुभव भन्दा अझ उत्कृष्ठ पाएँ।’

अन्यत्रका कन्सर्टहरुभन्दा अलिक बेग्लै अर्को दृश्य पनि दुबइमा देखिन्थ्यो, त्यो हो आयोजक स्वयं दर्शकहरुको हुलमा बसेर असिनपसिन हुँदै नाचिरहेको देखिनु।

‘यो व्यावसायिक सोँच भन्दा पनि लामो समयदेखिको सपनामा उभिएको आयोजना थियो,’ आयोजक आशिष पुरुष भनिरहेका थिए, ‘नेपथ्यलाई ल्याएर एउटा राम्रो कन्सर्ट प्रस्तुत गर्ने मेरो त्यो सपना पुरा भएको छ ।’

ब्यवस्थापन, प्राविधिकलगायत १४ जनाको टोली बोकेर दुबइ आइपुगेको ‘टिम नेपथ्य’ मध्ये मञ्चमा भने गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। नेपथ्य टोली कत्तिक २३ गते स्वदेश फर्कनेछ।

मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

भर्खरै

  • १.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • २.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ३.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ५.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ६.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ७.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ८.
    इभीमा आगलागी, चालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.