काठमाडौँ । गत साताको तुलनामा यो साता सुनको मूल्यमा गिरावट भएको छ । सुन प्रतितोला ९०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
Advertisement
तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० रुपैयाँले सुनको मूल्य घटेको हो । तिहारअघि अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो ।
यो साता सुनको मूल्य ९०० रुपैयाँले घट्दै ९३ हजार १०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम छ ।
चाँदीको मूल्य भने बढेको छ । तिहारअघि अन्तिम कारोबार दिनमा तोलामा १२ सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य अन्तिम शुक्रबार १० रूपैयाँले बढेको हो ।
योसँगै चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।