काठमाडौँ । विश्वका सर्वाधिक धनाढ्य एलोन मस्कले लागत घटाउन गर्न ट्विटर इंकमा आधा कर्मचारी हटाउने योजना बनाएको ब्लुमबर्ग न्युजले जनाएको छ ।
Advertisement
मस्कले सुरुमा ३७ सय कर्मचारी कटौती गर्न लागेको समाचारमा जनाइएको छ । विवरणअनुसार ट्विटरका नयाँ मालिकले शुक्रबार कर्मचारीलाई यसबारे जानकारी दिने छन् ।
यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारी समावेश छन् ।
मस्कले यही अक्टोबर २८ मा ट्विटरलाई ४४ बिलियन डलरमा किनेका थिए । ट्विटर किनेसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीको सूचीमा थपेका छन् ।