काठमाडौँ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १ मा आफ्नै ७४ वर्षीय दाजुले भाइको हत्या गरेका छन् । भीरबाट खसेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।
Advertisement
प्रहरी अनुसन्धानका क्रममा बुधबार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेर घर फर्किंदै गर्दा विवाद भएको थियो ।
दाजुभाइबीच बाटोमा लेनदेको विषयमा विवाद हुँदा भीरबाट धकेल्दा भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।