काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रोकिएको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ ।
Advertisement
दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भागका एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहने आकलन गरिएको छ ।
बुधबार पहाडी भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।