काठमाडाैं : सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ।
Advertisement
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय गरेको हाे।
त्यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको छ।