तनहुँ : नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका नायक पल (पूर्णविक्रम) शाहको पेसी तेस्रोपटक पनि स्थगित भएको छ। जिल्ला अदालत तनहुँमा बुधबारका लागि तोकिएको पेसी आसन्न निर्वाचनको तयारीका कारण स्थगित भएको हाे।
Advertisement
जिल्ला अदालतका न्यायधीश मुख्य निर्वाचन अधिकृत र सरकारी वकिल तनहुँ–२ को निर्वाचन अधिकृतका रुपमा खटिएका छन् । अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले भने, ‘न्यायाधीश र सरकारी वकिल नै निर्वाचनको काममा खटिनुभएकाले आजको पेसी सरकारी वकिलको कार्यालयले स्थगित गर्नका लागि पत्रचार गरेको हुँदा रोकिएको हो ।’
यसअघि असोज २ र भदौ १५ गते पनि पेसी स्थगित भएको थियो । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनी अहिले जिल्ला कारागार तनहुँमा छन् ।