• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

प्राचीन खोकना: एक जीवित संग्रहालय


आइतबार, असोज २३, २०७९ मा प्रकाशित

काठमाडौं- मध्याह्न १२ बजे। यो समय खोकनाका खेतभरी लहलह धानका बाला झुलिरहेका छन्। बर्खा सकिनै लाग्दा चारैतिर हरियाली बाँकी नै छ, त्यही बीचमा छपक्क बसेको छ, खोकना।

Advertisement

ललितपुरको लगनखेलबाट बसमा आधा घण्टामा पुगिने यो बस्तीमा महर्जन र डंगोल जातिको बाहुल्य छ।

 

दिउँसोको समय भएकाले होला, खोकनामा सबै जना व्यस्त छन्। महिलाहरू आगँनमा बसेर धान, गहुँ केलाउँदै छन्। कोही नयाँ घरको गारो लगाइरहेका छन्। वृद्धवृद्धा भने घरको पेटी तथा पाटीमा बसेर आरामका साथै भलाकुसारी गरिरहेका छन्।

पेटीमा भलाकुसारी गरिरहेको एक समूहमाा छन्, ८७ वर्षीय भीमलाल महर्जन। उनी हिँड्न नसक्ने भएकाले पेटीमै बसेर अन्य वृद्धवृद्धासँगै जीवन उपयोगी ज्ञानगुनका कुरा गर्दै दिन बिताउँछन्। ‘धेरै टाढासम्म हिँडडुल गर्न सक्दिन। त्यसैले यही अरूसँगै दुःखसुखको कुरा गर्दै बस्छु,’ उनले बताए।

भीमलालका अनुसार भूकम्प पहिलेको खोकना र अहिलेको खोकनामा धेरै परिवर्तन भएको छ। १२ वैशाख ०७२ को भूकम्पमा परी यहाँका मौलिक शैलीका घरहरू भत्किए। विस्तारै मौलिक घरको ठाउँमा कंक्रिटले बनेका भवन ठडिएको उनको अनुभव छ।

यो एउटा प्राचीन नेवार बस्ती हो। जहाँ अझै पनि मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैली देख्न पाइन्छ। यहाँ आइपुग्ने जोकोहीले शहरको कोलाहलबाट केही क्षणका लागि भए पनि छुटकारा पाउँछन्।

७८ वर्षीय शिवलाल महर्जन पाटीमा आराम गरेर दिन बिताउँछन्। उनको पूरा जीवन खोकनामै बित्यो। काम गर्न सक्दा उनले तोरी तेलको लागि प्रख्यात खोकनाकै तेल बेचेर जीविकोपार्जन गरे।

‘हाम्रो नजरमा खोकना त पहिलेबाटै राम्रो थियो। पहिले सबैका परम्परागत घरहरू थिए। तर, ०७२ सालमा आएको विनाशकारी भूकम्पमा परी परम्परागत घरहरू जोखिममा परे,’ उनी सुनाउँछन्।

घरहरू नै जोखिममा परेपछि यहाँका बासिन्दाले परम्परागत घर भत्काएर धमाधम सिमेन्टेड घरहरू बनाउन थालेका छन्। यो शिवलाललाई पनि मन परेको छैन। खोकना पहिलेभन्दा धेरै फरक भएको उनको अनुभव छ।

‘पहिलेको तुलनामा आजभोलि धेरै विकास भएको छ। स्वास्थ्य, शिक्षा, यातायातको सुविधा छ,’ उनी भन्छन्, ‘मेरो समयमा खोकनामा सबैले खेतीपाती गर्थे। अहिले सबैजना शिक्षित छन्। त्यही भएर धेरैजसो खोकनाबाहिर जागिरका लागि जान्छन्। पहिले आफूलाई मनग्य खान पुग्ने खाद्यबाली राखेर बाँकी शहर बेच्न हिँड्थ्यौं। आजभोलि त आफैंलाई खानलाई पुग्दैन, कताको बेच्न जानु र !’

उनका अनुसार पहिलेका खेतीयोग्य जमिनमा आजभोलि आधुनिक सिमेन्टेड घरहरू बनिरहेका छन्। खेतीपाती गर्ने जमिन मासिदा उब्जनी पनि कम हुँदै गइरहेको छ। जसकारण हाल खोकनामा खाद्यबाली शहरबाट आयात गरिन्छ।

खोकना तेलका लागि प्रसिद्ध ठाउँ हो। तर, त्यही तेल पनि बाहिरबाट आयात गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ।

‘मैले १५ वर्षको उमेरमा ३ रूपैयाँमा तेल बेच्थे। अहिले हेर्दाहेर्दै तेलको भाउले आकाश छोइसक्यो। तर, खोकनामा खेतीयोग्य जमीन भए पनि धेरैले किसानी काम गर्न रुचाउँदैनन्। त्यसैले तोरी उब्जनीमा कमी आएसँगै तेल उत्पादनमा कमी आएको छ। यसको संरक्षणतिर सबैको ध्यान जान जरुरी छ। पुरानो परम्परालाई खोकनामा जोगाइराख्नु आजको आवश्यकता हो,’ उनी भन्छन्।

करिब ७ सय घरधुरी रहेको यो गाउँमा करिब ४ हजार जनाको बसोबास छ। यहाँका स्थानीयवासीले कुखुरा पाल्दैनन् भने कतिपयले लसुन पनि खाँदैनन्। तोरीको तेलका लागि पनि प्रसिद्ध ठाउँ हो, खोकना।

यहाँको प्रमुख धार्मिकस्थल रुद्रायणी मन्दिर, सिकाली मन्दिर, श्रीखण्ड भवानी आदि हुन्। यो मौसममा धानको बालाले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहनी लगाउँछ।

खोकनाको सिकाली चौर त झन् पर्यटकीय हवको रूपमा नै विकास भइरहेको छ।

खोकनालाई खोतल्दा

खोकनावासीको मूख्य पर्व सिकाली जात्रा हो । यहाँका बासिन्दाले दशैँं मनाउँदैनन्। भाषा शिक्षक किरण महर्जनका अनुसार खोकनाको इतिहास कुदेशसँग जोडिएको किंवदन्ती रहेको छ।

कुदेशमा रहँदा महिषासुरले देवताहरूलाई धेरै दुःख दिए । महिषासुरको वास पत्ता लगाउने प्रयास देवताहरूले गरे । तर, उनी कतै भेटिएनन्।

दानवका कारण कष्ट हुन थालेपछि स्थानीयवासीले मायादेवीको क्षमापूजा गरे । भैरव, काली, कुमारी र वाराहीलाई बलि पनि चढाए । तत्काल त समस्या समाधान भयो। केही समय पछि पुनः पुरानै समस्या आइपर्यो।

अन्ततः राक्षसहरूबाट बच्न बस्ती नै सार्ने निधो गरियो । र, कुदेशबाट खोकनामा बस्ती स¥यो । पौराणिक कुदेश भनिएको स्थानमा अहिले सिकाली मन्दिर छ, जहाँ पुग्न खोकनाबाट करिब आधा घन्टा लाग्छ । बस्तीसँगै स्थानीयवासीले देवीदेवताको वासस्थान पनि सारे । र, खोकनामा रुद्रायणी मन्दिर बनाए । देवीले नयाँ स्थानमा बस्न मानिन्। भोग लिन मानिनन् । त्यसैले अहिले पनि सिकालीमै पुगेर भोग दिने चलन छ ।

‘अध्ययन अनुसन्धान गर्दा खोकनालगायतका स–साना बस्तीहरू लिच्छिविकालमै रहेको पाइएको छ,’ नेपाल भाषा शिक्षक किरण भन्छन्, ‘ खोकना लिच्छिविकालकै पुरानो बस्ती भएको अभिलेखहरू भेटिएका छन्। तर, विकसित भएको मल्लकालिन समयमा भएको पाइन्छ।’ खोकना अस्तित्व लिच्छिविकालदेखि नै रहेको पाइएको उनको भनाइ छ।

उनका अनुसार मल्लकालिन खोकनालाई ‘जितापुर’ भनेर ब्याख्या पनि गरिएको पाइएको छ। खोेकनाको सम्बन्ध भक्तपुर, ललितपुर हुँदाको अभिलेखहरू पनि भेटिएका छन्।

कसरी रह्यो ‘खोकना’ नाम ?

खोकना गाउँको नाम कसरी रहन गयो भन्ने पचली भैरवीसँग आधारित कथा छ।

कुनै एक गाउँमा पचली भन्ने एउटा दम्पती थियो। जाडो मौसमको समयमा एकाबिहान श्रीमान् अर्धचेत अवस्थामा वा हलचल नगर्ने अवस्थामा भेटिए। उसलाई जगाउने धेरै प्रयास गर्दा पनि नउठेपछि मरेको हो भनेर आर्यघाट लगियो। आर्यघाट लगेपछि हिन्दू परम्पराअनुसार चिहान सबै तयार भइसकेको थियो।

किंवदन्ती अनुसार पहिले श्रीमान् बितेपछि सति जाने चलन थियो। सोहीअनुरूप उक्त व्यक्तिको श्रीमती पनि चितामा बसिन्। सबै प्रक्रिया पूरा गरिरसकेपछि तयार पारिएको चिहानमा आगो लगाइयो।

आगो लगाएको केही समयपछि न्यानो भएर मरेको भनिएको व्यक्ति उठ्छ। मरिसक्यो भनेको व्यक्तिलाई जिउँदो देखेर धेरै जना अचम्मित भए। मरिसक्यो भनेर जलाउन चिहानमा ल्याएको मान्छे र सतीलाई घर लैजान नमिल्ने भएपछि मलामी आएकाहरू उनीहरूलाई ढुङ्गामुडा प्रहार गरेर मार्न कोशिस गरे।

तर, सोही समय ठूलो हावाहुरी आएपछि त्यसको आडमा खोलैखोला रुँदै–रुँदै त्यो दम्पति अहिले जुन स्थानमा सिकाली छ, त्यहाँ आइपुगे। र, सिकाली पुगेपछि उनीहरूले बस्ती विस्तार गरेको भन्ने भनाइ रहिआएको शिक्षक किरणको भनाइ छ।

उनका अनुसार खो भनेको ‘रुनु’ कना भनेको ‘भन्नु’ हो। जसलाई ‘रुँदैरुँदै भनेको’ भन्ने गरिन्छ। रुँदैरुँदै भनेकाले यहाँको नाम खोकना रहन गएको किंवदन्ती छ।

अर्को किंवदन्ती पनि छ। खो भनेका ‘खोपी’ र ना को अर्थ ‘पानी’ हो। पुरानो भाषामा पानीलाई भक्तपुरका नेवारीले ‘ना’ भन्छन्। काठमाडौं र ललितपुरका नेवारहरूले भने पानीलाई ‘ल’ भन्छन्। त्यही भएर खोकनाको पुरानो नाम ‘खोना’ पनि हो।

‘खोना भनेको पानीको वेगले काटिएको ठाउँ हो। पछि पहाड काटिएर बस्न योग्य भएको ठाउँलाई खोना भनिएको अनुमान गरिन्छ,’ शिक्षक किरण भन्छन्।

नेपालमा पहिलोपटक बिजुली बलेको गाउँ

मुलुकमै पहिलोपटक बिजुली बलेको ठाउँ पनि खोकना हो । विश्वमा जलविद्युत् परियोजना सञ्चालन भएको ३३ वर्षपछि खोकनामा बत्ती बलेको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत र फ्रान्समा भएको विकास देखेपछि वि.सं. १९६७ मा नेपालमा पनि त्यस्तै प्रविधि भित्र्याउने योजना ल्याए । र, वि.सं. १९६८ मा फर्पिङ पावर हाउसबाट विद्युत् उत्पादन शुरु भयो ।

पहिलोपटक बिजुली बलेको घरलाई स्थानीय बासिन्दाले ०६८ सालदेखि संग्रहालयको रूप दिए । तर, १२ वैशाख ०७२ को भूकम्पबाट ऐतिहासिक महत्त्वको त्यो घर जीर्ण बनेको छ । र, मुलुकमै पहिलोपटक बत्ती बलेको त्यो घर अहिले अन्धकारमा छ ।

खोकनाको शिरदेखि पुछारसम्म डुल्दा यो एउटा जीवित संग्रहालय भएको आभास हुन्छ। ‘अहिले भैँसेपाटीतिर बस्ती बढेसँगै खोकनामा पनि बस्ती बाक्लो हुँदै गएको छ। खोकनाले आफ्नै स्वरूप बिर्सिरहेको छ,’ शिक्षक किरण भन्छन्, ‘खोकनालाई पर्यटकीय दृष्टिकोणले विकास गर्न सके खोकनालाई जीवित संग्रहालयका रूपमा देख्न सकिन्छ। यससँगै यहाँ उत्पादन गरिने शुद्ध तोरीको तेलको पनि ब्रान्डिङ गर्न सके खोकना, सरकार र देशलाई नै टेवा पुग्छ।’ त्यसैले खोकनाको जर्गेना महत्त्वपूर्ण रहेको उनको तर्क छ।

आइतबार, असोज २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.