स्टकहोम* यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सकी लेखिका एनी एर्नक्सलाई प्रदान गरिने भएको छ।
Advertisement
उनलाई एक करोड स्विडिस क्रोनरको पुरस्कार प्रदान गर्ने निर्णय स्विडिस एकेडेमीले गरेको हो।
गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुल रजाक गुर्नाहले साहित्यतर्फको नोबेल पुरस्कार जितेका थिए।
नोबेल पुरस्कारमा साहित्यलाई सन् १९०१ देखि समेटिएको हो। अर्नेस्ट हेमिङ्वे, गाब्रियल गार्सिया मार्खुज, टोनी मरिसन, लुइस ग्लक, पाब्लो नेरुदाm रविन्द्रनाथ ठाकुरलगायत विख्यात साहित्यकारले यो पुरस्कार पाइसकेका छन्।