• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

तेह्रथुमका किसान : आकाशे पानी सञ्चय गर्दै सिँचाइ र वस्तुभाउको प्यास बुझाउँदै


सोमबार, असोज १०, २०७९ मा प्रकाशित

म्याङलुङ- हिउँदयाममा सुक्खा हुने तेह्रथुमका किसानले वर्षाको समयमा आकाशबाट बर्सिएको पानी जोहो गर्दै आएका छन्।

Advertisement

त्यसका लागि मानव निर्मित पोखरीमा पानी सञ्चय गर्ने गरेका छन्। त्यसबाट किसानको दैनिकी नै फेरिएको छ। पालिकाहरूको पहलमा सञ्चालित खानेपानी आयोजनाका कारण मानिसलाई पिउने पानी अभाव हुँदैन। तर, गाईवस्तु र सिँचाइका लागि भने पानी अभाव हुँदै आएको थियो। अहिले भने छथर गाउँपालिकाका किसानले हिउँदमा हुने पानी अभाव टार्न वर्षामै पानी सञ्चय गर्छन्।

उनीहरूले आकाशबाट वर्षायाममा बर्सेको पानी घरनजिकै पोखरी बनाएर जोहो गर्ने गरेका छन्। यसरी जम्मा गरेको पानीलाई हिउँदमा तरकारी बालीमा सिँचाइमा प्रयोग गर्छन्। गाउँपालिकाले ‘एक घर एक प्लास्टिक पोखरी’ कार्यक्रम ल्याएको छ। छथर–६ का शेरबहादुर पौडेलले घरनजिकै सोही पोखरीमा पानी संकलन गरेका छन्। अघिल्ला वर्षमा उनको बारी हिउँदमा सुक्खा रहन्थ्यो। बारीमा केही फल्दैनथ्यो। पानीको मुहान सुक्दै जाँदा खानेपानीकै समस्या थियो।

‘स्थानीय सरकारले पोखरी बनाउन अनुदान दिएपछि सिँचाइ गर्न ठूलो राहत मिलेको छ,’ उनले भने, ‘हामीलाई खानेपानी नै समस्या थियो। तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा, तरकारी किनेरै खानुपथ्र्यो। तर, हामी अहिले तरकारी बेच्न थालेका छौं।’

छथरकै वासुकला विश्वकर्माले पनि वर्षामा आकाशबाट पर्ने पानी पोखरीमा जम्मा गरेर तरकारीमा सिँचाइ गर्दै आएका छन्। उनले बनाएको पोखरी अहिले पानीले भरिएको छ।

पानी बर्सेको बेला उनलाई पोखरीमा लगाउन भ्याइनभ्याइ हुन्छ। पानी पर्दा हजार काम छोडेर पनि उनी पानी जम्मा गर्नतिरै लाग्छन्। ‘पानी पर्दा त सबै काम छोडेर पनि जम्मा गर्नुपर्छ नि !’ उनले भने, ‘प्लास्टिकको पोखरीमा पानी जम्मा गर्दा कम्तीमा हिउँदमा तरकारी लगाउन त सजिलो हुन्छ।’

वासुकलाले आकाशे पानी जम्मा गरेरै भए पनि हिउँदमा अकबरे खुर्सानी, आलु, प्याज, लसुनलगायत तरकारी खेती गर्दै आएका छन्। त्यसबाट राम्रो आम्दानी पनि लिन्छन्।

स्थानीय किसानले पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा संकलन गर्छन्। साउन, भदौमा धेरै पानी पर्ने भएकाले यतिबेला परेको पानी पोखरीमा संकलन गर्ने गरेको छथर –५ की कृष्णकुमारी पौडेलले बताइन्। छथर गाउँपालिकालाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। त्यही भएर गाउँपालिकाले पनि सुक्खाग्रस्त क्षेत्रका किसानलाई लक्षित गरी पानी संकलन अभियान चलाएको हो।

छथरको आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदापलगायत गाउँमा हिउँदमा सिँचाइ सुविधा उपलब्ध छैन। खासगरी यो क्षेत्रमा सिँचाइको सुविधा नहुँदा मानिसको बसाइँ सर्ने क्रम पनि तीव्र बनेको छ। यसलाई रोक्न गाउँपालिकाले किसानको साझेदारीमा अनुदानमा प्लास्टिक पोखरी प्रदान गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए।

‘पानी संकलन कार्यक्रम शुरु भएपछि किसानलाई हिउँदमा पनि सिँचाइ गर्न कुनै समस्या छैन,’ तिगेला भने, ‘यसले किसानलाई निकै सहज बनाइदिएको छ।’

सोमबार, असोज १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

भर्खरै

  • १.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ४.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ५.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ६.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ७.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ८.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.