• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह


आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

मनिला : फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् ।

Advertisement

नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा हिंस्रक नतिजा निम्त्याउनसक्ने राज्यको मौसम पूर्वानुमान विज्ञशरूले जनाएका छन् ।

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समयअनुसार अपराह्न वा साँझमा आइपुग्ने भएको र अवतरणपछि आँधीे अझै सशक्त हुँदै जाने अनुमान गरिएको छ ।

फिलिपिन्सका राष्ट्रिय प्रहरी प्रमुख जनरल रोडोल्फो अजुरिनले भने, ‘हामी खतरा क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक परेको बेला सुरक्षित स्थानमा स्थानान्तरणका लागि गरिएको आह्वानको पालना गर्न आग्रह गर्दछौं ।’

फिलिपिन्स नियमित रूपमा आँधीबेहरीको चपेटामा पर्दै आएको छ र वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण संसार तात्दै जाँदा तिनीहरू अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् ।

मौसम पूर्वानुमानकर्ता रोब गिलेले नोरुको तीव्र गति जमिननजिक पुगेको र यो ‘अहिलेसम्मका केही अत्यधिक हिंस्रक’ आँधीमध्येको एक हुनसक्ने बताएका छन। आँधीको रफ्तार पछिल्लो २४ घण्टामा ९० किलोमिटर प्रतिघण्टाको दरले वृद्धि भएको एजेन्सीले जनाएको छ ।

फिलिपिन्समा आँधीका कारण ४०० भन्दा बढीको मृत्यु हुनुका साथै लाखौं घरबारविहीन भएको नौ महिनापछि फेरि अर्को आँधी (नोरु) आएको हो । प्रान्तीय प्रकोप कार्यालयका मेल एभेनिलाका अनुसार क्वेजोन प्रान्तका धेरै पालिकाका बासिन्दालाई घरबाट सुरक्ष्तिा स्थलमा सारिएको छ ।

छिमेकी प्रान्त अरोरामा डिङ्गलन नगरपालिकाका बासिन्दाहरू पहाडी क्षेत्रमा शरण लिन बाध्य भएका छन् ।

‘तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । हामी तटबाट टाढा बस्छौं त्यसैले हामी अहिलेसम्म बसिरहेका छौं । हामी पहाडमा हुने बर्षा र पहिरोको बारेमा बढी चिन्तित छौं,’ डिंगलनमा रेस्टुरेन्ट व्यवस्थापकसमेत रहेका ५४ वर्षीया स्थानीय रिया टानले भनिन।

टानका अनुसार स्थानीयबासिन्दाले आफ्नो घरको छाना सुरक्षित गरिरहेका छन् र मौसम अझै शान्त रहेको अवस्थामा डुङ्गालाई अग्लो जमिनमा लगिएको छ ।

‘मौसम निकै शान्त भयो भने हामी अझ बढी चिन्तित हुन्छौं, किनभने यो जमिनमा आउनुअघि नै शक्तिशाली आँधीबेहरीको सामान्य सूचक हो,’ टानले भनिन।

मौसम विभागका अनुसार नोरु आँधी आउँदा प्रतिघण्टा २०५ किलोमिटरसम्म हावा चल्न सक्छ ।

सोमबार दक्षिण चीन सागरमा प्रवेश गर्नुअघि मध्य लुजोन हुँदै भियतनामतर्फ अघि बढ्ने क्रममा यो कमजोर भएर आँधीबेहरीमा परिणत हुने अनुमान गरिएको छ । आँधीका कारण ठूलो वर्षा हुने भएकाले खतरनाक आँधीबेहरी, व्यापक बाढी र पहिरोको खतरा रहेको मौसम विभागले चेतावनी दिएको छ ।

यसले अत्यधिक कृषिप्रधान क्षेत्रका खेतबारीमा क्षति पुर्‍याउनुका साथै गाउँहरू डुबानमा पर्न सक्छ । केही क्षेत्रमा सोमबारका लागि कक्षा रद्द गरिएको छ ।

जलवायु परिवर्तनको प्रभावका कारण सबैभन्दा जोखिममा रहेको फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधीबेहरी आउने गरेको छ ।

आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.