काठमाडौं- धरान उपमहानगरका मेयर हर्क साम्पाङले पालिका चुनावमा मतदातामाझ गरेको वाचा पूरा गरेका छन्।
Advertisement
उनले धरान नगर क्षेत्रमा पिउने पानी ल्याएरै छाडेका छन्। लामो समयदेखि धरानले खेपिरहेको पानीको समस्या उनले समाधान गरेरै छाडेका छन्।
धरान बजारमा सोमबार पिउने पानी ल्याएपछि उनले खुशी व्यक्त गरेका छन्। र, धरानवासी हर्षित भएका छन्। सर्दु, खर्दु र निशाने खोलाको पानी धरानमा आएपछि नगरवासीले खुशी मनाएका छन्।
‘आज अत्यन्तै खुशी छु म ! धराने जनतालाई सर्दु, खर्दु र निशाने खोलाको पानी वितरण गर्न शहरमा ल्याइपु¥याएका छौँ ! सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देशमाथि उठाउन हामी जुट्नेछौँ !’ उनले आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलुसन’मा लेखेका छन्।