गुवाहाटी- भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ। प्रधानमन्त्री आवास योजनाअन्तर्गत ती घरहरू बनाउने तयारी गरिएको सरकारी अधिकारीहरूको भनाइ छ।
Advertisement
आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रञ्जीतकुमार दासले आगामी १७ सेप्टेम्बरदेखि ती घर बनाउन थालिने जानकारी दिए। सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले बताए। ती घरहरू प्रदेशका विभिन्न ठाउँमा बनाइने छन्।
सरकारले घरवारविहीन रहेका र न्यून आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना बनाएको हो। भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरूमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घरवारविहीनहरूलाई घर दिने कार्यक्रम बनाएको छ।