काठमाडाैं : सर्वोच्च अदालतमा रिक्त रहेकाे पदमा तीन न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद् बैठकले सिफारिस गरेको छ।
Advertisement
मंगलबार बसेकाे परिषद्काे बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका विभागीय प्रमुख डिएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको हाे।
सर्वोच्च अदालतका लागि न्यायपरिषदले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने संवैधानिक व्यवस्था रहेकाे छ। संसदीय सुनुवाइबाट अनुमोदन भए राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुन्छन।