काठमाडौँ । धादिङको धुनिबेँशी नगरपालिका ९ ढलानमा आज बिहान ट्रकले किचेर सहचालक गम्भिर घाइते भएका छन् ।
Advertisement
घाइते हुनेमा भारतीय नागरिक १७ वर्षीय सञ्जिव गौतम रहेका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
आज बिहान साढे ३ बजे भारतीय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकेर पछाडि हट्दा ट्रकमा ओट राख्दै गर्दा सहचालक गौतमलाई किचेको हो ।
ट्रकसहित चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट खत्री पौवा धादिङले जनाएको छ ।