काठमाडौँ । काठमाडौँ महानगरले न्युरोडमा रहेको विशाल बजार भवनको नक्सासहित २४ घण्टाभित्रमा वडा कार्यालयमा उपस्थित हुन आदेश जारी गरेको छ ।
Advertisement
सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेण्टमा रहेको पसल अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएको जनाएको छ । त्यसपपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन आदेश दिएको हो ।
विशाल बजार कम्पनीले महानगरको टोलीलाई पसल वैधानिक रहेको दाबी गरेको थियो ।