झापा । जिल्लाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
Advertisement
गौरादह १ का मुनिलाल शर्माले गौराहद २ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ । उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागी नेपाल प्रहरी, स्थानीयबासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।