काठमाडौँ । कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा धनगढी उपमहानगर १३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रनाउ जोशीका अनुसार धनगढी १३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०–११ प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।