काठमाडौँ । नेत्र विक्रम चन्दसहित चार दलले गरेको बन्दमा दाङबाट पत्रकार पक्राउ परेका छन् । उनीसहित चार जना बन्दकर्ता पक्राउ परेका हुन् ।
Advertisement
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चार जनालाई पक्राउ गरिएको हो । ओली जन पत्रकार संगठन दाङका जिल्ला अध्यक्ष हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
सरकारसँग भएको तीन बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नु पर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।