काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन पर्नुका साथै भिसा पाएको अष्ट्रेलियामा भिसा रिजेक्सन उच्च भएको छ ।
Advertisement
भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ (भेट)का लागि भएको आवेदनको झण्डै ९० प्रतिशत भिसा अस्वीकार भएको हो । पछिल्लो समय अष्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन गर्नेमध्ये करिब १० प्रतिशत मात्रै भिसा लागेको छ ।
उच्च शिक्षाको हक केही बढीको भिसा लाग्दै आएको छ । पछिल्लो समय ५०-६० प्रतिशतको मात्रै उच्च शिक्षाको लागि भिसा लाग्दै आएको छ ।
नेपाली विद्यार्थीको ‘स्तर’लाई लिएर आलोचना भएसँगै अष्ट्रेलियन सरकारले कागजातमा कडाइ गरेको छ । कोभिड १९ को संक्रमण विश्वमा बढ्न थालेपछि अष्ट्रेलियाले सन् २०२० मा सीमानाका बन्द गरेको थियो ।