काठमाडौं– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज आजभोली करिअरकै सबैभन्दा ठूलो संकटको सामना गरिरहेकी छन् ।
प्रवर्तन निर्देशनालय (ईडी)ले २०० करोड भारुको मनी लाउन्डि«ङ मुद्दामा उनलाई अभियुक्तकै रुपमा पेश गरिसकेको छ ।
यस्तो अवस्थामा बलिउड फिल्म निर्माताहरुले ज्याकलिनलाई बहिष्कार गर्न थाल्ने संकेत देखिएको छ । बलिउड हंगामाले उल्लेख गरेअनुसार सुकेश चन्द्रशेखरसँगको मुद्दामा विवादित भइरहेकी ज्याकलिनलाई बलिउडले पूर्णतः बहिष्कार गर्ने ट्रेन्ड शुरु भएको छ ।
खासगरी ईडीले अभियुक्तकै रुपमा ज्याकलिनको नाम राखेर आरोपपत्र तयार पारेपछि उनलाई थप संकट परेको अनुमान छ ।
ज्याकलिनसँग विगतमा काम गरिसकेका एक निर्माताले नाम गोप्य राख्दै भनेका छन्, ‘ईडीको लगातारको ताकेतापछि ज्याकलिनले काम गुमाइरहेकी छन् । हालै रिलिज भएका उनका फिल्महरु बच्चन पाण्डे र विक्रान्त रोना पुराना फिल्म हुन् । उनको अश्चितता देखेरै होला कसैले पनि उनलाई नयाँ फिल्ममा लिएका छैनन् ।’