काठमाडौँ । त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोलामा आज बिहान ९ बजे ट्रक नदीमा खसेको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको थोरै भाग मात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पगिसकेको छ ।
ट्रकमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन । ट्रक नदीमा डुबेकाले नम्बरसमेत पहिचान हुन सकेको छैन ।