काठमाडौँ । दाङको देउखुरीमा शिक्षकको कुटाइबाट एक विद्यार्थी गम्भिर घाइते भएका छन् । राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय मन्साराम यादवलाई शिक्षकले कुटेका हुन् ।
Advertisement
जनज्योती मा.वि. कक्षा १२ मा अध्यनरत विद्यार्थी यादवसँग शिक्षक पाटेश्वर यावदकी १८ वर्षीय छोरी सुनिता यादवको प्रेम सम्बन्ध थाहा पाएपछि शिक्षक तथा प्रेमिकाका बुवाले निर्घात कुटपिट गरेका हुन् ।
प्रहरीका अनुसार यादवलाई निर्घात कुटपिट गरी घाइते बनाइएको छ । शिक्षक यादवले छोरी सुनिताकी प्रेमीलाई कुट्न छोरीलाई प्रयोग गरेको पाइएको छ । कुटपिट गर्ने शिक्षकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना फरार रहेको गढवा प्रहरीले जनाइएको छ ।