काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।
Advertisement
दिउँसो पहाडी भागका केही र बाँकी भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशमा भने केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।