• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सरकारले गर्‍यो योगमायाको सम्मान, उनकै नाममा विश्वविद्यालय खोलिदै


मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित

काठमाडौँ । स्वतन्त्रता र राणा शासनविरुद्ध विद्रोह गरेकी योगमायाको नामबाट नेपालमा पहिलोपटक योगमाया आयुर्वेद विश्वविद्यालय खुल्ने भएको छ । योगमाया विश्वविद्यालयसम्बन्धी विधेयक राष्ट्रिय प्रतिनिधिसभाले पास गरेर अन्तिम चरणमा पुगेको छ ।

Advertisement

‘ऐन बन्ने क्रममा छ,’ विश्वविद्यालय तयारी समितिका अध्यक्ष अनुप श्रेष्ठ भन्छन्, ‘ऐन बनिसकेपछि आधिकारिक रुपमा कहिलेबाट बन्न शुरु हुन्छ भन्न सकिन्छ, तर विधेयकको रुपमा भन्ने हो भने यो विश्वविद्यालय बनाउन अरुण उपत्यका छनोट गरिएको छ, यो भनेको संखुवासभा, भोजपुर र धनकुपटाको क्षेत्र पर्छ ।’

उनका अनुसार विश्वविद्यालयले हाल चारवटा क्षेत्रलाई विशेष प्राथमिकता दिनेछ । जसअन्र्तगत परम्परागत आयुर्वेद, योग र ध्यान, जडीबुटी विज्ञान र वैकल्पिक चिकित्सा र प्राकृतिक चिकित्सा छन् । शुरुवाती चरणमा यी चारवटा विधामा पठनपाठन हुने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

विश्वविद्यालयले आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा र जडीबुटीको अध्ययन, अध्यापन तथा अनुसन्धान, आयुर्वेदिक औषधि उत्पादन र आयुर्वेदक तथा वैकल्पिक चिकित्सा प्रणालीको स्थापना तथा सञ्चालन गर्न र प्रतिस्पर्धी तथा दक्ष मानव स्रोत उत्पादन गरी मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । यो विश्वविद्यालय सञ्चालन प्रणालीमा नभई प्रिसिण्डेसियल प्रणालीमा सञ्चालन हुने नेपालकै दोस्रो विश्वविद्यालय हो । यसअघि मदन भण्डारी विश्वविद्यालय प्रिसिन्डेसियल प्रणालीबाट सञ्चालन हुँदै आएको छ ।

‘विश्वविद्यालय स्थापनका लागि संखुवासभाको खाँदबारी नगरपालिका ९ र भोजपुर सडानन्द नगरपालिमा गरी दुई स्थानमा जग्गा लिने प्रक्रिया शुरु गरिएको छ,’ श्रेष्ठ भन्छन्, ‘केही जग्गा प्राप्त भइसकेको छ भने केही जग्गा लिने प्रक्रिया अघि बढाइएको छ, जग्गा प्राप्ति हुनेबित्तिकै गुरुयोजना बनाइने छ, गुरु योजना बनाइसकेपछि विस्तृत परियोजना बनाइने छ, त्यसपश्चात भौतिक संरचना निमार्ण कार्य शुरु हुनेछ ।’ आगामी वर्षको अन्तिमसम्म निमार्ण कार्य शुरु हुने सम्भावना रहेको उनले जानकारी दिए । यसका साथै विश्वविद्यालय निमार्णका पूर्वाधारहरु पूरा भइसकेको उनले बताए ।

विश्वविद्यालय निमार्णका लागि खाँदबारी नगरपालिकामा जग्गा पनि प्राप्त भइसकेको छ । ३५ रोपनी ८ आना १ दाम २ पैसा निःशुल्क, ३७२ रोपनी, ५ आना, २ दाम, ३ पैसा सशुल्क, १६ रोपनी १३ दाम ३ पैसा विद्यालय क्षेत्र, ६७ रोपनी ६ आना ३ दाम ३ पैसा वन क्षेत्र, ४९ रोपनी, १३ आना २ दा २ पैसा सार्वजनिक गरी कूल ५४१ रोपनी १५ आना ३ दाम १ पैसा जग्गा प्राप्त भएको छ । यसैगरी षडानन्द नगरपालिका भोजपुरमा ६२ रोपनी १० आना, ३ दाम निशुल्क प्राप्त हुने, २३३ रोपनी ४ आना सशुल्क र २४४ रोपनी २ आना १ दाम ३ पैसा सरकारी गरी जम्मा १०८२ रोपनी २ आना ३ दाम ३ पैसा जग्गा प्राप्त हुने भएको छ ।

को हुन् योगमाया ?

योगमाया न्यौपाने विं.स १९२४ मा पूर्वी नेपालको भोजपुर षडानन्द नगरपालिकास्थित वडा नं. १ नेपालेडाँडाको सिम्ले जन्मिएकी हुन् । उनले बाँचुञ्जेल समाजका विकृतिहरु चिर्न समय व्यतित गरिन् ।

योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरुकी प्रतीक हुन् । बुढी औँलाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने उनी त्यस्ती आँशु कयित्री हुन्, जसले जे देख्यो त्यही फरर भन्न सक्थिन् । जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सक्थिन् । जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्थिन् । योगमाया त्यतिबेला जन्मेकी थिइन्, जुन बेला नारीले रजस्वला हुनुअघि नै वैवाहिक जीवनमा बाँधिनु पथ्र्यो ।

सोही अनुरुप उनलाई पाँच वर्षको उमेरमा बुबा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाले कन्यादान गरेका थिए । त्यसबेला योगमायाको बिहे रामहरि कोइरालासँग भएको थियो । तर यिनको बिहे भएको दुई वर्षमा पति स्वर्गवास भए । सात वर्षीय योगमायाका लागि रामहरिको मरण कुनै पीडादायक विषय बन्न सकेन ।

प्रथम वैवाहिक जीवन असफल भएपछि भारतको असम, फूलबारी गइन् । त्यहीँ पुनर्विवाह गरी बसेकी उनी विसं १९७३ मा माइतीघर भोजपुर फिरिन्् । छोरीमात्रै लिएर माइतीघर आएकी उनी त्यसयता भने समाजमा विद्यमान कुरीतिविरुद्ध जनतालाई सचेत बनाउने काममा सक्रिय रहन्थिन् । नेपालका धार्मिक तीर्थ स्थलहरु र भारतको बद्रीनारायणसमेत पुगिन् । छोरीको बिहेपछि आफू भोजपुरकै जन्मघर सिम्लेभन्दा तल मझुवाबेंसी अरुणको छेउमा कुटी बनाएर बसिन् ।

त्यहीँ कठोर योग साधना गर्दै विसं १९९८ असार २२ मा जलसमाधि लिइन् । जुन कुरीति हटाउन उनको भूमिका अग्रणी रह्यो, त्यसका केही परिमार्जित संघर्षका चरण अझै निरन्तर छन् । विशेषगरी योगमायालाई सती प्रथा उन्मूलन र नारी मुक्ति आन्दोलनकी प्रथम अग्रणी महिलाका रुपमा चिनिन्छ ।

 

  • नगरपालिका
  • विद्यमान
  • सम्मान
मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.