काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी मंसिरमा हुने संघीय निर्वाचनका लागि दल दर्ता गराउने भएको छ । एमाले निर्वाचन विभागका अनुसार आज दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ता गर्ने भएको हो ।
Advertisement
४ मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनका लागि आयोगले आइतबारदेखि दल दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो । आयोगले ३१ साउनसम्म दल दर्ता गरिसक्न आह्वान गरेको छ ।