हेटौँडा । मकवानपुरमा चार वटा सवारी साधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ मा स्कुल बससहित चार सवारी साधान ठोक्किएको हो ।
Advertisement
घाइतेमध्ये केही हेटौँडाको रिलायन्स स्कुलमा अध्ययनरत विद्यार्थीसमेत रहेका छन् । सुरुमा कार र ट्याङ्कर ठोक्किएको थियो । त्यसपछि ट्र्क र स्कुल बस ठोक्किएको थियो ।
सवारी ठोक्किएपछि १५ जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । घाइतेहरूलाई हेटौँडा अस्पतालमा उपचार गरिएको छ ।