काठमाडौँ । भारतको पश्चिम बंगालस्थित जलपाइगुडीको जल्पेश मन्दिरमा जल चढाउन (बोलबम) गइरहेका १० जनाको करेन्ट लागेर ज्यान गएको छ ।
Advertisement
पिकअप भ्यानमा चढेर जल चढाउन गइरहेका उनीहरूको करेन्ट लागेर ज्यान गएको हो । यस घटनामा १६ जना घाइते भएका छन् ।
उनीहरू बंगालको कुचबिहार जिल्लाबाट सोमबारका दिन जल चढाउन जल्पेश मन्दिर गइरहेका थिए । पिकअप भ्यानमा डिजे बजाउन जडान गरिएको जेनेरेटरमा सर्ट सर्किट भएर दुर्घटना भएको बताइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ । पिकअप भ्यानमा सवार सबै जना सीतलकुचीका बासिन्दा हुन् । प्रहरीका अनुसार भ्यानमा २७ जना सवार थिए ।