काठमाडौँ । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
Advertisement
बिहान काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भएको थियो । दिउँसो पहाडी भागका केही स्थान र अन्य भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो ।