काठमाडौँ । चितवनमा गोरुको मासुसहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका ५ का २८ वर्षीय शंकर तामाङ, चितवनको भरतपुर महानगर १० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगर ११ का ३५ वर्षीय होम घिमिरे छन् ।
Advertisement
प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा बिहीबार गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।