काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)मा विभाजन सुरु भएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले आआफ्नो पक्षको भेला बोलाएर पार्टी विभाजनको सन्देश दिएको हो ।
Advertisement
बाबुरामले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि काठमाडौँमा सुरू हुँदै छ । यस्तै, उपेन्द्र पक्षले आजै वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।
बाबुराम र उपेन्द्रबीचको सम्बन्ध बिग्रिएसँगै दुवै पक्षले सहमतिमै विभाजन हुनेसम्मको छलफल गरेका थिए । उपेन्द्रले विधानअनुसार काम नगरेको भन्दै बाबुराम पक्षले विरोध जनाउँदै आएको थियो ।